काठमाडौं - साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ५६ अङ्क भन्दा धेरैले बढेको छ । हिजो तुलानमा कारोबार रकम पनि बढेर २ अर्ब ८६ करोड पुगेको छ ।
आजको वृद्धि सँगै समग्र नेप्से बजार २०२९ बिन्दुमा पुगेको छ । आज दिनै भरीमा २५७ कम्पनीको शेयर किनबेच भएकोमा अधिकांस कम्पनीको शेयर मूल्य बढेको छ ।
हिमालयन डिसट्रीलारीको सबै भन्दा धेरै मूल्यको शेयर किनबेच हुँदा आधा दर्जन भन्दा धेरै कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ ।
आज उपसूचक पनि सबै बढेका छन् ती मध्य बीमा समूहको उपशुचक धेरै अंकले बढेको छ । नयाँ अर्थमन्त्री विष्णु पौडेल आएसँगै शेयर बजार १६० अङ्क हाराहारीमा बढी सकेको छ ।