नेप्सेमा हरियाली फर्कियो तर कारोबार रकम भने घट्यो

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा उछाल आएको छ। नेप्से १०८.३५ अंकले बढेर २७५९.६७ विन्दुमा पुगेको छ। बजार खुल्ने समयदेखि नै बढेको र १३ मिनेटको गिरावटपछि निरन्तर बढ्दै ४.०८ प्रतिशतले बन्द भएको हो।

कारोबार रकम भने मंगलबारको तुलनामा ६ अर्बले घटेको छ। बुधबार १७ अर्ब ९५ करोड ९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ, जबकि मंगलबार २३ अर्ब बढीको कारोबार भएको थियो।

नेप्सेका १३ वटा सबै समूहमा हरियाली देखिएको छ। अन्य समूहमा ७.८९ प्रतिशत वृद्धि भई २३३४.७५ विन्दुमा पुगेको छ। फाइनान्स समूहमा ७.६३ प्रतिशत, हाइड्रोमा ५.७२ प्रतिशत, र होटल एण्ड टुरिजममा ५.१३ प्रतिशतले वृद्धि भएको छ। म्युचुअल फण्ड समूह १.०१ प्रतिशतले बढेर २१.७१ विन्दुमा पुगेको छ।

बुधबार ३ करोड ८० लाख ४१ हजार २६७ कित्ता शेयर किनबेच हुँदा ३ वटा कम्पनीको मात्र शेयर मूल्य घटेको छ। २३९ वटा कम्पनीको शेयर मूल्य बढेको छ, र १८ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। १० वटा कम्पनीको शेयर मूल्य ८ प्रतिशतभन्दा बढीले बढेको छ। कुल ३३० वटा कम्पनीको २ लाख १२ हजार ६८१ पटक शेयर किनबेच भएको छ।

प्रतिक्रिया