काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बैंकहरूले एकल अंकमै कर्जा दिनुपर्ने बताएउनु भएको छ । एक कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले बैकले दिने कर्जाको ब्याजदर एकल अंकमै राख्न राष्ट्र बैंकलाई शुझाव दिएको जानकारी दिनु भयो ।
अहिले बैंकहरूले दुई अंकमा कर्जा दिइरहेका छन् । नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले बैंकहरूले ब्याजदर बढाएकाले व्यावसायीक वातावरण नबनेको बताए । सो प्रश्नको जवाफमा अर्थमन्त्री शर्माले ब्याजदर एकल अंकमा राख्न नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको बताए ।
‘मैले निर्देशन दिएँ त भन्न मिल्दैन, राष्ट्र बैंकलाई एकल अंकमा व्याजदर कायम गर्न भनेको छु ।’ बैंकले उद्योगीलाइ दिने कर्जाको ब्याजदर एकल अंकमै रहने बताए ।
अर्थमन्त्री शर्माले नेपाल आर्मी, नेपाल प्रहरीले प्रयोग गर्ने जुत्ता श्वदेशीनै हुनुपर्ने बताए । सरकारी तहबाट टेण्डरमार्फत खरिद हुने जुत्ता नेपालमै बनेको हुनुपर्ने गरी मातहतका निकायमा निर्देशन दिने बताए ।
अर्को प्रसंगमा मन्त्री शर्माले अहिले ५ सय मेगावाट विद्युत निर्यात गर्ने अवश्थामा सरकार रहेको बताए । मन्त्री शर्माले सबै नेपालीले घरघरमा विद्युतिय चुलो प्रयोग गरेर आयातित ग्यास प्रतिस्थापन गर्न आग्रह गर्नु भयो ।