• गृहपृष्ठ /
  • समाचार ,
  • मुख्य खबर ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय

प्रभु लाइफ इन्स्योरेन्सको साधारणसभा आज,लगानीकर्ता निराश

काठमाडौ -  प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आज आइतबार बिहान ११ बजेदेखि होटल रेडिसन, लाजिम्पाट, काठमाडौँमा हुँदैछ ।



सभाले कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्नेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ ।



सभामा आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोकिनेछ ।
कम्पनीले सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छैन । त्यसैले, कम्पनीका सेयरधनीहरूको हात खाली हुनेछ । 

प्रतिक्रिया