राजन कार्कीको "पोखरामा घाम लाग्यो घमाइलो" लाई २० लाख दर्शक

काठमाडौं - लोकप्रिय गायक तथा सर्जक राजन कार्कीको नयाँ गीत पोखरामा घाम लाग्यो घमाइलोले छोटो समयमै २० लाख दर्शक बनाउन सफल भएको छ। 

सामाजिक सञ्जालमा व्यापक चर्चाका बीच उनको गीतले २० लाख दर्शक बनाएको हो। गीतलाई अत्याधिक माया प्राप्त भएसँगै आर्थिक सन्देशसँग कुरा गर्दै गायक तथा सर्जक कार्कीले सबै दर्शक र मिडियाकर्मीलाई धन्यवाद व्यक्त गर्नुभयो साथै आफूले नयाँ गीत छिटै नै सार्वजनिक गर्ने तयारी रहेको समेत बताउनुभयो ।

राजन कार्की, जीवन दाहाल र शान्ता रानी परियारको स्वर रहेको गीतको शब्द तथा लय सिर्जना राजन कार्कीले गरेका हुन्। याम थापा मगरले संगीत संयोजन गरेको यो गीतलाई अडियो मात्र नभई भिडियोको पक्षमा पनि उत्कृष्ट बनाउन निर्माण टिमले निकै मेहनत गरेको छ।

गीतको भिडियोलाई राजन कार्कीले परिकल्पना गरेका छन् भने निर्देशन मनोहरी भण्डारीले गरेका छन्। भिडियोमा जीवन दाहाल, राजन कार्की, सँगिता क्षेत्री, सपना क्षेत्री, महसुप क्षेत्री, वर्षा क्षेत्री, र राजन सुवेदीलगायतका कलाकारहरूको अभिनय देख्न सकिन्छ। 

 

प्रतिक्रिया