नेप्सेमा सोमबार ब्रेक,कारोबार रकम ८ अर्ब नजिक

साताको दाेश्राे काराेबार दिन आज (साेमबार) सेयर बजारमा दाेहाेराे अंककाे गिरावट देखिएकाे छ । गत साता आइतबारदेखि हिजाे आइतबारसम्म लगातार ६ काराेबार दिन सेयर बजार बढेकाे थियाे ।


नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (साेमबार) सेयर कारोबार मापक नेप्से परिसूचक १७.७५ अंकले घटेर २८१९.८६ विन्दुमा झरेकाे छ । नेप्से ०.६३ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि १.८८ अंकले घटेर ५२८.५८ विन्दुमा झरेको छ । 

कूल २२६ वटा कम्पनीकाे एक कराेड ३४ लाख ३ हजार ३ सय १२ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ७७ करोड ७५ लाख १० हजार ७ सय ७८ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

प्रतिक्रिया