दुःख पीर बिर्साउने युवराज आचार्यको नयाँ गीत " बाँचुन्जेल रमाइलो गर"

काठमाडौं - नेपाली सांगीतिक क्षेत्रको लागि परिचित नाम हो युवराज आचार्य। विगत दुई दशकदेखि उनी निरन्तर नेपाली गीतसंगीतको कर्ममा नै छन्।

वैदेशिक रोजगारको सिलसिलामा जापान जस्तो व्यस्त र कठिन परिश्रम गर्नुपर्ने देशमा भएर पनि आचार्यले निरन्तर गीत संगीतमा आफ्नो उपस्थिति जनाइरहेका छन् । 

भर्खर मात्रै उनै आचार्यको नयाँ गीत बाँचुन्जेल रमाइलो गर सार्वजनिक भएको छ। गीतले जीवनको भोगाइ र वास्तविकतालाई बुझाउने प्रयास गरेको छ। 

युवराज आचार्य र मिना लामाको आवाज रहेको सो गीतलाई आचार्य स्वयं आफैले नैलाई तथा शब्द सिर्जना गरेका हुन्। गीतलाई याम थापा मगरले संगीत संयोजन गरेका छन्।

मौसम हिमालीको उत्कृष्ट निर्देशन रहेको गीतमा लोमस शर्मा र मिना लामाको नृत्य देख्न सकिन्छ। 

 

प्रतिक्रिया