यस वर्ष नेपालमा मनसुन १५ दिनअगावै प्रवेश गरेको छ। सामान्यतया जुन १३ तारिखमा मनसुन भित्रिने भए पनि यस वर्ष भने मनसुन जेठ १६ गते बिहीबार रातिदेखि नेपाल प्रवेश गरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल कोशी प्रदेशमा मनसुन सक्रिय रहेको छ भने अन्य क्षेत्रमा यसको प्रभाव विस्तार हुन अझै केही समय लाग्ने देखिन्छ। बाँकी भू-भागहरूमा हाल पश्चिमी वायू र स्थानीय वायूको प्रभाव कायम छ। कोशी प्रदेशका धेरैजसो मौसम केन्द्रहरूमा हल्कादेखि मध्यम वर्षा भइसकेको महाशाखाको भनाइ छ।