• गृहपृष्ठ /
  • मुख्य खबर ,
  • समाचार ,
  • Breaking News ,
  • शेयर बजार ,
  • अर्थतन्त्र

सोमबार शेयर बजारमा ब्रेक लाग्यो,८ अंकले नेप्से घट्दा कारोबार रकम भने १४ अर्वमाथि

काठमाण्डौ । साताको दोस्रो दिन नेप्से ८ अंकले घटेर बजार बन्द भएको छ । 

आइतबार अर्धसतक भन्दा धेरैले बजार बढेर बन्द भए पनि आज भने सामान्य करेक्सन भएको छ । नेप्से घटे पनि कारोबार रकम भने १४ अर्व माथि पुगेको छ । 

हिजो सबै भन्दा धेरै बढेको बैक क्षेत्र आज भने रातै भए । २२३ कम्पनीहरुको शेयर खरिद विक्री भएकोमा ११० कम्पनीहरुको शेयर मुल्य बढेको छ भने ६६ कम्पनीको शेयर मुल्य भने घटेको छ । साथै ७ कम्पनीको शेयर मूल्य भने यथावत रहेको छ । 

आधा दर्जन भन्दा धेरै कम्पनीहरुको शेयर मुल्यमा सर्किट लागेर कारोबार हुँदा नगढी पावर कम्पनीको शेयर सबै भन्दा धेरै खरिद विक्री भएको छ । जलविद्यतु उपसूचक सबै भन्दा धेरै बढ्दा बैक क्षेत्रको उपसूचक भने सबै भन्दा धेरे घटेको छ । 

प्रतिक्रिया