बद्रीलाई देशको हालत देख्दा जन्मियो "अति भयो अति"

काठमाणडौ - नेपालको राजनीतिक र देशको अवस्था देखेर धेरैको मन दुख्छ । पछिल्लो समय दुई युवाको गोली लागेर ज्यान गए सँगै सरकार सँग जनता झन् आक्रोसित भएका छन् ।

कलाकारहरुले पनि अहिलेको देशको अवस्था देखेर दिक्दार लागेको कुरा उनीहरूको प्रस्तुतिले देखाएको छ । यस्तै लोकप्रिय गायक तथा सर्जक बद्री सापकोटाले देशको अहिलेको अवस्था माथि तिखो प्रहार गरेको गीत "अति भयो अति " सार्वजनिक गरेका छन् । 

गीतलाई सापकोटा र ध्रुव न्यौपाने मिलेर बनाएका हुन । गीतलाई कृष्ण लामिछानेले निर्देशन गरेका छन् । 

 

प्रतिक्रिया