मङ्गलबार सुनको मूल्यमा वृद्धि

सुनकाे मूल्य प्रतिताेला ५०० रुपैयाँले बढेकाे छ । साेमबारकाे तुलनामा मंगलबार छापावाला सुनकाे मूल्य प्रतिताेलामा ५००ले बढेर ९४ हजार रुपैयाँमा काराेबार भइरहेकाे नेपाल  सुन चाँदी व्यवसायी महासंघले जनाएकाे छ । 

महासंघका अनुसार  सोमबार  छापावाला सुन  प्रतितोला ९३ हजार ५०० रुपैँयामा कारोबार भएको थियो । यसैगरी, मंगलबार तेजावी सुनको मूल्य तोलाको ९३ हजार ५०० रुपैयाँ निर्धारण भएको छ ।  चाँदीको भाउ प्रतितोला एक हजार ३०० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया