उत्कृष्ट शब्दसहित तेजस् र सुवासले आवाज दिएको नयाँ गीत "सुन भन्दा नुन धेरै सस्तो"

काठमाडौं – नेपाली सांगीतिक क्षेत्रमा एक दशकभन्दा लामो यात्रा गरिसकेका लोकप्रिय सर्जक तथा गायक तेजस् रेग्मी निरन्तर गीत-संगीतमा सक्रिय छन्।

मौलिक शब्द सिर्जना गर्न खप्पिस रेग्मीले भर्खर मात्र नयाँ गीत "सुनभन्दा नुन धेरै सस्तो" सार्वजनिक गरेका छन्। यो गीतमा पनि रेग्मीले आफ्नो पहिचानलाई बिर्सिएका छैनन्। उत्कृष्ट शब्द र सुमधुर लयसँगै गीतलाई निर्माण टिमले उत्कृष्ट बनाएको छ।

लोकप्रिय गायिका समीक्षा अधिकारी, तेजस रेग्मी र सुवास खत्रीको आवाजमा रहेको गीतलाई तेजस् आफैंले लय तथा शब्द सिर्जना गरेका हुन्। गीत माया प्रेममा आधारित रहेको छ भने अडियो र भिडियो उत्कृष्ट बनाइएको छ।

स्मारिका ढकाल, तेजस रेग्मी, जुना विश्वकर्मा, शिवविक्रम आचार्य, र मिलन गहतराजको उत्कृष्ट नृत्य रहेको सो गीतलाई रामजी लामिछानेले निर्देशन गरेका छन्।

 

प्रतिक्रिया