काठमाण्डौ - साताको पहिलो दिन आइतबार नेप्से ४८ अंक भन्दा धेरैले घटेर बजार बन्द भएको छ । योसँगै समग्र बजार ३०४५ विन्दुमा झरेको छ ।
लगातार घटेको बजार गत विहिबार बन्द हुने दिन सम्म आइपुग्दा भने सामान्य बढेको थियो । आज नेप्सेका सबै उपसूचकहरुमा रातो पोतिदा वित्त क्षेत्र भने सामान्य बढ्यो । जीवन विमा समूह सबैभन्दा धेरै घटेर कारोबार हुँदा २२७ कम्पनीहरुको १५ अर्व ६५ करोड भन्दा धेरैको शेयर खरिद विक्री भएको छ ।
आज दुई कम्पनीहरुको शेयर मुल्यमा सर्किट लागेर कारोबार हुँदा धेरै जसो कम्पनीहरुको शेयर मूल्य घटेको छ । आज नेप्सेका नयाँ पोर्टलमा समस्या आएका कारण लगानीकर्ताहरुले सबै विवरण विस्तृत रुपमा हेर्न पाएनन । आज रुरु जलविद्युतको शेयर मुल्य सबै भन्दा धेरै दश प्रतिशतले घटेको छ ।
मौद्रिक नितिले शेयर धितो कर्जाको सिमा निर्धारण गरेपछि ठुला लगानीकर्ताहरुले बजार घटाउने खेल खेलेको धेरैले गुनासो गरेका छन भने नियामक निकाय भने यसमा कुनै पुर्नविचार गर्ने सोचमा छैन ।