राष्ट्रिय सभा निर्वाचन : रिक्त हुन लागेका १९ पदका लागि आज

काठमाडौँ ।  रिक्त हुन लागेको राष्ट्रिय सभा सदस्यको १९ पदका लागि आज मतदान हुँदै छ। सात प्रदेशमा १९ पदका लागि आठ राजनीतिक दलबाट उम्मेदवारले प्रतिस्पर्धा गर्न लागेका हुन् ।

नेकपा एमाले बाट १९ पदमा उम्मेदवार छन् भने नेपाली कांग्रेसका १०, नेकपा माओवादी केन्द्रका छ, नेकपा ९एकीकृत समाजवादी० का दुई र जनता समाजवादी पार्टीका एक जना उम्मेदवार छन् । त्यस्तै जनमत पार्टीका दुई, राष्ट्रिय प्रजातन्त्र पार्टी  का सात र नेपाल मजदुर किसान पार्टी  का चार जना उम्मेदवार छन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यक्रमबमोजिम बिहीबार बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुने छ। राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभाका सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डलका सबै मतदाताहरू गोप्य मतदानद्वारा आफूले रोजेको र चाहेको उम्मेदवारलाई मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनमा प्रदेश सभाका सदस्यहरूका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखहरूका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्रहरूको व्यवस्था गरिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । 

उनका अनुसार कोशी प्रदेशको विराटनगर, मधेस प्रदेशको जनकपुर, बागमती प्रदेशको हेटौडा, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको दाङ, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा दुई दुई वटा मतदान केन्द्र स्थापना गरिएको छ । सातै प्रदेशमा हुने निर्वाचनका लागि ६३ जना कर्मचारी खटाइएको पौडेलले जानकारी दिए ।

ुराष्ट्रियसभा निर्वाचनका लागि आयोगले प्रदेश निर्वाचन कार्यालय हाम्रो स्थायी संरचना भयो । राष्ट्रियसभा निर्वाचनका लागि सबै प्रदेशमा निर्वाचनको कार्यालय स्थापना भएको छ । जिल्ला न्यायाधीशको नेतृत्वमा सबै निर्वाचन केन्द्रमा ९(९ जना कर्मचारीको व्यवस्था गरिएको छ,ु उनी भन्छन्, ुतीन जना कर्मचारी प्रदेश निर्वाचन कार्यालयकै छन् । पाँच जना कर्मचारी मात्रै अन्य छन् ।ु

निर्वाचन हुने कलस्टर अनुसार कम्तीमा ७ र बढीमा १० जना कर्मचारी एउटा मतदान केन्द्रमा रहने पौडेलको भनाइ छ ।

प्रदेश र स्थानीय तहका मतदाताले निर्वाचन आयोगबाट जारी भएको मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, निर्वाचन मण्डलका सदस्यहरू प्रदेश सभाको सदस्य तथा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख र उपप्रमुखमा निर्वाचित हुँदा निर्वाचन अधिकृतबाट उपलब्ध गराइएको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्रका आधारमा मत हाल्न पाउने व्यवस्था गरिएको आयोगका सहायक प्रवक्ता श्रीधर पन्थीले जानकारी दिए । 

प्रदेश सभा सदस्यतर्फ ५४९ मतदाता छन्। पालिकातर्फ एक हजार ४९८ मतदाता छन् । यसरी राष्ट्रिय सभा सदस्य निर्वाचनमा कुल दुई हजार ४७ जना मतदाताले १९ सदस्यलाई निर्वाचित गर्ने छन्। प्रदेश सभा सदस्यको मतभार ५३ र पालिकाका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षको मतभार १९ कायम गरिएको छ ।

नेपाल प्रहरीका प्रवक्ता भीमप्रसाद ढकालका अनुसार राष्ट्रियसभा निर्वाचनको सुरक्षाका लागि जम्मा ४ हजार २९ जना प्रहरी मैदानमा खटाइएको छ । सबैभन्दा बढी मधेस प्रदेशमा र सबैभन्दा कम लुम्बिनी प्रदेशमा सुरक्षाकर्मी खटाइएको छ ।

कोशी प्रदेशमा ३ सय ८, मधेस प्रदेशमा २ हजार ८ सय ७३, बागमती प्रदेशमा २ सय ७३, गण्डकी प्रदेशमा १ सय ५४, लुम्बिनी १ सय १८, कर्णाली प्रदेशमा १ सय २८ र सुदूरपश्चिम प्रदेशमा १ सय ६८ जना सुरक्षाकर्मी खटाइएको छ । केन्द्रमा एक सय जना सुरक्षाकर्मी तैनाथ अवस्थामा राखिएको प्रवक्ता ढकालले रातोपाटीलाई बताए ।

मतदान सम्पन्न भएपछि बिहीबार नै मतगणना सुरु हुने र बिहीबार अबेर रातिसम्म मतपरिणाम आउने आयोगको भनाई छ ।  २०७४ फागुनमा निर्वाचित राष्ट्रिय सभा सदस्यको पदावधि फागुन २० गते सकिन लागेको छ । from ratopati

प्रतिक्रिया