घट्याे सुनको मूल्य, कतिमा हुँदै छ आजको कारोबार

काठमाडौ - चैत २८ गते, सोमबार, छापावाल सुनको मूल्य घटेको छ भने चाँदीको मुल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, यस दिन छापावाल सुनको मूल्य प्रतितोला १ लाख १०० रुपैयाँ रहेको छ । आइतबारको तुलनामा सुनकाे मुल्य २०० रुपैयाँ घटेको हो ।

आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, यस दिन तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ६०० रुपैयाँ रहेको छ।

सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने स्थिर रहेको छ । यस दिन चाँदी प्रतितोला १ हजार ३६५ रुपैयाँमै कारोबार भइरहेको छ ।

प्रतिक्रिया