काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ र डिजेलको मूल्य ३ रुपैयाँले वृद्धि गरिएको जानकारी दिएको हो। नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ।
निगमका अनुसार भारतीय आयल निगमबाट आएको पछिल्लो मूल्यसूचीमा पेट्रोलमा २ रुपैयाँ ४५ पैसा र डिजेलमा ६ रुपैयाँ ५३ पैसा वृद्धि भएको छ। तर उपभोक्तामाथि अत्यधिक भार नपरोस् भन्ने उद्देश्यले निगमले सोही रकम जस्ताको तस्तै पास नगरी पेट्रोलमा २ रुपैयाँ र डिजेलमा ३ रुपैयाँ मात्र बढाएको जनाएको छ।
नयाँ मूल्यसूची सार्वजनिक भए पनि निगमले कति–कति मूल्य हुने भनेर विस्तृत विवरण भने सार्वजनिक गरेको छैन।