वाणिज्य बैंकको निक्षेप संकलनमा ऐतिहासिक वृद्धि

काठमाडौं । नेपाली वाणिज्य बैंकहरूले निक्षेप संकलनमा उल्लेखनीय वृद्धि गरेका छन्। आर्थिक गतिविधि विस्तारै गतिशील बन्दै गएसँगै बैंकहरूमा निक्षेप र कर्जा दुवैको प्रवाह बढेको देखिएको छ।

नेपाल राष्ट्र बैंकमा दर्ता भएका २० वटा वाणिज्य बैंकहरूले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिकसम्म कुल ६४ खर्ब ४३ अर्ब ७१ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन्। यो अघिल्लो वर्षको ५६ खर्ब ६५ अर्ब ५७ करोड रुपैयाँको तुलनामा १३.७३ प्रतिशतले बढी हो।

एनआइसी एशिया बाहेक सबै बैंकको निक्षेप बढेको छ। सबैभन्दा बढी वृद्धिदर एभरेष्ट बैंकको देखिएको छ, जसले निक्षेपमा २८.६३ प्रतिशतले वृद्धि गरेको छ। ग्लोबल आइएमई, नबिल र राष्ट्रिय वाणिज्य बैंक शीर्ष तीन बैंक हुन्, जसको निक्षेप ५ खर्बभन्दा बढी पुगेको छ।

बैंक 2082 असार मसान्त 2081 असार मसान्त फरक %
Global IME 550,628,438 487,455,855 12.96
Nabil 524,625,959 462,097,419 13.53
Rastriya Banijya 500,414,681 429,187,764 16.60
Nepal Investment 472,347,472 403,416,956 17.09
Laxmi Sunrise 367,053,706 328,931,512 11.59
Kumari 364,639,162 333,111,322 9.46
Prabhu 342,188,540 305,012,852 12.19
Nepal Bank 332,021,048 283,083,745 17.29
NIC Asia 319,065,897 354,096,865 -9.89
Himalayan 309,158,672 293,899,590 5.19
Everest 298,818,400 232,316,605 28.63
Agricultural Dev 293,574,844 243,628,658 20.50
NMB 280,926,468 223,942,592 25.45
Siddhartha 280,321,368 241,329,082 16.16
Prime 263,360,695 211,160,276 24.72
Sanima 223,954,679 197,197,071 13.57
Citizens 211,500,793 189,236,668 11.77
Nepal SBI 199,603,444 175,514,856 13.72
Machhapuchchhre 184,176,050 158,646,909 16.09
Standard Chartered 125,338,848 112,483,887 11.43
कुल 6,443,719,164 5,665,750,485 13.73

प्रतिक्रिया