पछिल्लो चौबीस घण्टामा १ हजार ७८४ जना संक्रमणमुक्त ।

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ६५१ जना कोभिड संक्रमित थपिएका छन् । १६ हजार ५४९ वटा नमूनाको परीक्षण गर्दा ३ हजार ६५१ जनामा संक्रमण पुष्टि भएको हो ।                                      त्यस्तै पछिल्लो चौबीस घण्टामा २२ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ११५ पुगेकोे छ । 

पछिल्लो चौबीस घण्टामा १ हजार ७८४ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया