सुनमा एकैदिन १४ हजार ६०० रुपैयाँ वृद्धि, चाँदी पनि उकालो

काठमाडौं । बुधबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। यस दिन सुनको मूल्य प्रतितोला १४ हजार ६०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा ४१५ रुपैयाँले उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार भने सुन प्रतितोला २ लाख ७३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि बढेर प्रतितोला ४ हजार ९२० रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ५०५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया