काठमाडौं। हरितालिका तीजको अवसरमा लोकप्रिय सर्जक तथा गायक कस्तुप पन्तको नयाँ गीत 'विजुली चमक्क' सार्वजनिक भएको छ।
गीतमा एक जवान युवतीको भावना कलात्मक शब्द र संगीतमार्फत प्रस्तुत गरिएको छ। गीतको लय र शब्द सिर्जना कस्तुप पन्तले गरेका छन् भने आवाज सुनिता बुढा क्षेत्रीले दिएकी छिन्।
गीतको भिडियो पनि चर्चामा रहेको छ। स्मृति तिमिल्सीनाले निर्देशन गरेको भिडियोमा अञ्जली अधिकारीले अभिनय गरेकी छिन्। एचबीएन किस्मतले गीतको संगीत संयोजन गरेका छन्।