साताको पहिलो दिन प्रि ओपनमा सामान्य अंकले बढ्यो नेप्से

काठमाडौंं - साताका पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात बिहीबार १.३८ अंक घटेर १८४४.१४ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.३६ अंक बढेर १८४४.५० विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.१९ अंक बढेको छ।

आइतबार प्रि ओपन सेसनमा ९ स्टकको ३ लाख ६० हजार २१४ रुपैयाँ बराबरको १ हजार २७० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ४ स्टकको मूल्य बढेको छ भने ४ को घटेको छ। बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

प्रतिक्रिया