काठमाडौं । पछिल्लो समय नेप्से निरन्तर ओरालो लागिरहेको छ । आइतबार दोहोरो अंकले घटेर बन्द भएको बजार आज सोमबार प्रि ओपन सेसनमा नेप्से सूचक ०।४१ अंकले बढेको छ ।
यससँगै सूचक १८८३।५८ विन्दुमा आएको छ । यो सेसनमा १ लाख ६३ हजार रुपैयाँको सेयर कारोबार भएको छ । ५ कम्पनीको ६२९ कित्ता सेयर खरिदबिक्री भएको छ । कुल १६ वटा कारोबार भएको हो ।
३ कम्पनीको भाउ बढेको छ भने एउटाको मूल्य घटेको छ । बाँकीमा भाउ परिवर्तन भएको छैन ।