घट्यो सार्वजनिक यातायताको भाडा

काठमाण्डौ । इन्धनको मूल्य घटेसँगै सरकारले सवारी साधनको भाडा समेत घटाएको छ । शनिवार सरकारले इन्धनको मूल्यमा भारि कटौती गरेको थियो । 

यात्रुबाहक सवारीको भाडा ५।४१ प्रतिशत , पहाडी बाटोमा चल्ने मालबाहक सवारीको ६।९७ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहक सवारीको भाडा ७।६८ प्रतिशतले घटेको छ ।


सरकारले शनिबार पेट्रोलको मूल्यमा प्रतिलिटर २० रुपैयाँ र डिजेलमा २९ रुपैयाँ मूल्य घटाएको थियो ।  यातायात व्यवस्था विभागले स्वचालित प्रणालीअनुसार भाडा घटाएको हो ।

प्रतिक्रिया