वीरगञ्ज, ११ जेठ — पर्सा जिल्लाका लोकप्रिय युवा नेता बिमल पौडेलले आज नारायणी अस्पताल विकास समितिको सदस्यको रूपमा पदभार ग्रहण गरेका छन्। नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार उनलाई आगामी तीन वर्षका लागि समितिको सदस्यमा मनोनीत गरिएको हो।
पदभार ग्रहण गरेपछि पौडेलले अस्पतालका सेवा र सुविधालाई अझ सरल, सहज र आम जनताका लागि पहुँचयोग्य बनाउने प्रतिबद्धता जनाए। उनले सेवा प्रवाहमा सुधार ल्याउने र गुणस्तर वृद्धि गर्न लागि पर्ने बताए।
नेकपा (एमाले) पर्सा जिल्ला सचिवालय सदस्य समेत रहेका पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्तिगत सिफारिस गर्दै अस्पताल सुधारका लागि योग्य व्यक्ति भनेर मनोनयन गर्न सिफारिस गरेका थिए।