साताको अन्तिम दिन ह्वात्तै बढ्यो सुनको भाउ,कति पुग्यो तोलामा

काठमाडौं - सुनको भाउ शुक्रबार प्रतितोलामा एक हजार दुई सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको ९९ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार सुन तोलाको ९८ हजार रुपैयाँमा कायम भएको थियो ।शुक्रबार तेजावी सुनको भाउ तोलाको ९८ हजार सात सय रुपैयाँ निर्धारण भएको छ।

चाँदीको भाउ भने स्थिर छ । बिहीबार एक हजार तीन सय २० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि एक हजार तीन सय २० रुपैयाँमा निर्धारण भएको छ ।

प्रतिक्रिया