काठमाडौं - यही वर्ष आइपीओ निष्कासन गरेको मनकामना स्मार्ट लघुवित्तले बोनस प्रस्तावसहित पुस १९ गते वार्षिक साधारण सभा बोलाएको छ ।
सभामा गत वर्षको नाफाबाट सेयरधनीलाई १७% बोनस सेयर वितरण गर्ने मुख्य प्रस्ताव रहेको छ । यस्तै, सभामार्फत सर्वसाधारण समूहबाट २ जना सञ्चालकहरुको निर्वाचन हुनेछ ।
गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफ–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल हुनेछ । बोनस वितरणपछि चुक्ता पुँजी बढ्ने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा रहेको छ ।
अन्य लघुवित्तसँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिइनेछ । सभा होटल पैवा, सिद्धार्थनगर रुपन्देहीमा दिउँसने २ बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि मनकामना स्मार्टले पुस ४ गतेदेखि बुक क्लोज गर्नेछ । तसर्थ, पुस ३ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।