काठमाडौं - अघिल्लो हप्तादेखि कारोबार सुरु भएको हिमालयन् रिइन्स्योरेन्सकोआइतबार पनि सेयर मूल्य १० प्रतिशत बढेको छ ।
यस कम्पनीको सेयर मूल्य विगत ५ दिनदेखि दैनिक १० प्रतिशतका दरले बढेको हो । पहिलो दिन गत सोमबार ३०९ रुपैयाँ २० पैसामा पहिलो कारोबार भएको थियो । सो कारोबारपछि सोमबार नै १० प्रतिशत मूल्य बढेर प्रतिकित्ता ३४० रुपैयाँ १० पैसा पुग्यो ।
मंगलबार १० प्रतिशत बढ्दा कम्पनीको मूल्य प्रतिकित्ता ३७४ रुपैयाँ १० पैसा, बुधबार फेरि १० प्रतिशत नै बढेर प्रतिकित्ता ४११ रुपैयाँ ५० पैसा पुग्यो । बिहीबार सोही वृद्धिदरलाई कायम राख्दै प्रतिकित्ता मूल्य ४५२ रुपैयाँ ६० पैसा पुगेको थियो ।
आइतबार १० प्रतिशत बढेपछि कम्पनीको मूल्य प्रतिकित्ता ४९७ रुपैयाँ ८० पैसा पुगेको छ । प्रिमियमसहित कम्पनीको आईपीओ प्रतिकित्ता २०६ रुपैयाँमा खुलेको थियो । अंकित मूल्य १ सयका दरले कुल १० करोड कित्ता सेयर बजारमा सूचीकृत छ। जसमा ७० प्रतिशत सेयर संस्थापकहरुको र ३० प्रतिशत सेयर साधारण समूहको छ ।