दिनहुँ घट्दै सुनको मूल्य

काठमाडौंं - बिहीबार पनि सुनको मूल्यमा गिरावट आएको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा ९ सय रुपैयाँले घटेको हो ।

अघिल्लो दिन ९४ हजार रुपैयाँमा कारोबार भएको सुन आज घटेर ९३ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

साताको पाँचौं कारोबार दिनका लागि महासंघले तेजावी सुनको मूूल्य भने ९२ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ ।

यस्तै, उक्त दिन चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ३० रुपैयाँले घटेर १ हजार १ सय रुपैयाँ कायम भएको छ । बुधवार भने १ हजार १३० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया