पशुपति शर्माको बाग्लुङको बसैमा चर्चित बन्दै ( भिडियो सहित)

काठमाडौं - लोकप्रिय गायक पशुपति शर्माको आवाज रहेको नयाँ गीत बाग्लुङको बसैमा भर्खर मात्र सार्वजनिक भएको छ । 

सार्वजनिक भएको छोटो समयमै गीतले धेरै दर्शकको माया पाइरहेको छ । गीतमा शर्मालाई आवाजमा देवी घर्तीले साथ दिएकी छन् । 

दीपक कँडेलको शब्द सिर्जना रहेको गीतमा गणेश अधिकारीले लय सिर्जना गरेका छन् भने जेरी भण्डारीको निर्देशन रहेको छ । 

सागर लम्साल र गिता ढुङ्गानाको अभिनय रहेको गीतमा पोखरा देखि बागलुङ सम्मको रमणिय दृश्य समावेश गरिएको छ । 

 

 

 

प्रतिक्रिया