सीजीको भन्दा सस्तो र चकित पर्ने स्पीड लिएर आउँदै Vianet

काठमाडौं - नेपालमा इन्टरनेट सेवा प्रदायक बीच मूल्य र स्पीडको युद्ध चलिरहेको छ । सबैलाई पछि पार्ने गरी बजारमा आएको CG नेटले अहिले सक्रामक ग्राहक बनाइरहेको छ । 

यसै बीच अर्को सेवा प्रदायक Vianet ले पनि CG लाई पछि पार्ने गरी नयाँ योजना सार्वजनिक गर्ने भएको छ । 

कम्पनीले‘अल्ट्रा–फाइ प्लान’ नामक योजना मार्फत प्रयोगकर्तालाई १७५ एमबीपीएस सम्मको इन्टरनेट उपलब्ध गराउने जनाएको छ । 

कम्पनीले इन्टरनेट र टिभी सहितको सस्तो योजनाको रुपमा बिहीवार ‘अल्ट्रा–फाइ प्लान’ सार्वजनिक गर्ने तयारी गरेको हो । यो प्लान हालसम्मकै सस्तो मूल्यमा उपलब्ध हुने कम्पनीको दाबी छ । कम्पनीले यो योजनाको मूल्यलगायतका विषय थप जानकारी भने दिएको छैन् ।

प्रतिक्रिया