विकासका कामले सिंहदरबार तातेन - प्रधानमन्त्री

काठमाडौँ । चौतर्फि घेराको बिचमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबार विकास निर्माणकामले तात्न नसकेको गुनासो गर्नु भएको छ । 

दाहालले राजनीतिक र प्रशासनिक नेतृत्वहरु निर्णय गर्न हिचकिचाउने  प्रवृत्ति बढ्दै गएको प्रति चिन्ता ब्यक्त गर्नु भयो ।  बिहीबार सिंहदरबारमा सरकारको अर्धवार्षिक समीक्षा गर्दै उनले नीति, कार्यक्रम र बजेटबिच तालमिल मिल्न नसकेको बताउनु भयो । 


प्रधानमन्त्री प्रचण्डले मन्त्रालयहरु तथा अन्य निकायहरुले निर्धारित वार्षिक लक्ष्य र सूचकहरुकोअनुसार कार्यसम्पादन पूरा गर्नु नपर्ने र राजनीतिक र प्रशासनिक नेतृत्वहरु निर्णय गर्न हिचकिचाउने  प्रवृत्ति बढ्दै जानु राम्रो नभएको उल्लेख गरे । उनले यो स्थिति जटिल परिस्थितिको संकेत भएको बताए ।

राजनैतिक नेतृत्व र प्रशासनिक नेतृत्वको बिचमा पनि एकले अर्कालाई प्रभाव पार्नेगरी नकारात्मक असर गरिरहेको चित्र देखिएको बताए । उनले प्रशासनिक नेतृत्व जटिलतामा असुरक्षाको महसुस गर्‍यो भने त्यसको प्रभाव राजनैतिक नेतृत्वमा प्रधानमन्त्री, मन्त्रीलाई पर्ने बताए । उनले अहिले एकले अर्कालाई कसरी ढाडस दिन र सहयोग गर्न सकिन्छ भन्ने चुनौती रहेको बताए बताउनु भयो । 

प्रतिक्रिया