जेठमा बैंकको ब्याजदर नबढ्ने,शेयर बजारमा कस्तो पर्ला प्रभाव ?

काठमाडौं - ब्याजदर बढाउँदा पनि बचतमा खासै सुधार नआएपछि बैंकहरुले जेठ महिनाको लागि ब्याज स्थिर राख्ने भएका छन् । 

बैंकहरुको छाता संगठन नेपाल बैकर्स संघको बैठकले जेठ महिनामा ब्याजदर नबढाउन सुझाव दिएको संघका प्रमुख कार्यकारी अधिकृत अनिल अधिकारीले बताए ।

केही दिन अगाडि एक सार्वजनिक कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी दिनम अझै व्याज दर वृद्धि हुने र त्यसको लागि तयारी अवस्थामा रहन भनेका थिए ।

वाणिज्य बैंकले एक वर्षको मुद्दति निक्षेपमा ११.०३ प्रतिशत ब्याजदर दिनेछन् । वाणिज्य बैंकले ब्याजदर नबढाउने भए पछि विकास बैंक र फाइनान्स कम्पनीले पनि व्याज दर बढाउने छैन । वाणिज्यब बैंकले बढाउँदा भने बाध्य भएर विकास बैंक र फाइनान्सले व्याज दर बढाउनै पर्ने अवस्था आउने एक फाइनान्स कम्पनीका सीइओले बताए ।

निरन्तर उकालो लागिरहेको ब्याजदरको शेयर बजारमा समेत नकारात्मक असर गरिरहेको आकलन भइरहेका बेला ब्याजदर स्थिर हुँदा यसको सकारात्मक प्रभाव शेयर बजारमा देखिने धेरैको बुझाई छ । 

प्रतिक्रिया