कर्फ्यु हटेसँगै काठमाडौंको तीनकुने क्षेत्रमा जनजीवन सामान्य बन्दै

काठमाडौं जिल्ला प्रशासन कार्यालयले तीनकुने क्षेत्रमा लगाइएको कर्फ्यु आदेश स्थगन गरेको छ। शुक्रबार जारी गरिएको सार्वजनिक सूचनामा प्रशासनले कर्फ्यु हटाइएको जानकारी दिएको हो।

 

यसअघि शुक्रबार दिउँसो ४:२५ बजेबाट राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको थियो, जुन पछि लम्ब्याएर शनिबार बिहान ७ बजेसम्म पुर्‍याइएको थियो। स्थिति अझै सहज नभएकाले कर्फ्युको अवधि बढाइएको भए पनि अहिले प्रशासनले आदेश हटाएको जनाएको छ।

 

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ अनुसार बानेश्वर तीनकुने क्षेत्र, गौशालादेखि एयरपोर्ट, गैरीगाउँ, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरदेखि जडीबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुल, बानेश्वर चोकदेखि शंखमुल पुल र गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म लागू गरिएको कर्फ्यु हटाइएको प्रशासनको सूचनामा उल्लेख छ।

प्रतिक्रिया