नेप्से १४.१२ अंकले घट्दा अधिकांश कम्पनीको शेयर मूल्य घट्यो

काठमाडौं – बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४.१२ अंकले घटेर २७३४.८३ अंकमा सीमित भएको छ। १४४ कम्पनीको कारोबारमा अधिकांशको शेयर मूल्य घट्दा नेप्सेमा १३८ कम्पनीको मूल्य घटेको र ९९ कम्पनीको मूल्य बढेको देखियो। ७ कम्पनीको मूल्य भने स्थिर रह्यो।

यस दिन, विकास बैंक, फाइनान्स, हाइड्रोपावर र म्यूचुअल फन्डको सूचकमा सकारात्मक वृद्धि भए पनि अन्य सबै सूचकहरूमा गिरावट आएको छ। कुल १ करोड ५३ लाख ६२ हजार २०६ कित्ता शेयरको ७ अर्ब ९१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको हो।

यस दिनको कारोबारमा सप्तकोशी विकास बैंकका लगानीकर्ताले सर्वाधिक लाभ कमाएका छन् भने कुथेली बुखारी साना हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै घाटा व्यहोरेका छन्।

प्रतिक्रिया