जगदम्बा स्पिनिङ्ग मिल्स्ले आईपीओ निष्कासन गर्ने

काठमाडौं । जगदम्बा स्पिनिङ्ग मिल्स् लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ।

 

कम्पनीले आईपीओ निष्कासन गर्ने विशेष प्रस्तावसहित पुस २६ गते बिहीबार तेस्रो वार्षिक साधारणसभा बोलाएको हो । सभा काठमाडौंको तीनकुनेस्थित न्यौपाने टावरको सभाहलमा बिहान १० बजेदेखि सुरु हुनेछ ।

 

सभाले लेखापरीक्षक नियुक्ति,गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन,वासलात, बोनस सेयर वितरणसहितका वित्तीय विवरणलाई समेत स्वीकृती प्रदान गर्नेछ ।

प्रतिक्रिया