निरन्तर ओरालो लागेको नेप्से १८ सयको बिन्दुमा आयो,कारोबार रकम पनि निरासाजनक

काठमाडौं - शेयर बजार निरन्तर ओरालो लागिरहेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६.८७ अकंले घटेर १८८८.२७ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २५९ कम्पनीको ३७ लाख ५४ हजार ३३४ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब २८ करोड ९३ लाख ७१ हजार ५३१ रुपैयाँको कारोबार भएको छ ।

बजार ओरालो लाग्दा १३ वटै उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको १.४५ प्रतिशत, विकास बैंक समूहको १.४७ प्रतिशत, फाइनान्स समूहको १.१७ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.६१ प्रतिशत, हाइड्रोपावर समूहको ०.९४ प्रतिशत र इन्भेष्टमेन्ट समूहको ०.९९ प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया