• गृहपृष्ठ /
  • समाचार ,
  • मुख्य खबर ,
  • Breaking News ,
  • शेयर बजार ,
  • अर्थतन्त्र

तेह्रथुम पावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ - साउन महिनामा ४ आइपीओ सार्वजनिक भएकोमा त्यो क्रम भाद्रमा पनि निरन्तरता पाइरहेको छ । 

 

भाद्र ९ गते देखि तेह्रथुम पावर कम्पनीले साधारण शेयर निष्कासन गरेको छ । त्यो कम्पनीको शेयर आवेदन दिने आज अन्तिम दिन हो । आज बैंक समयभित्र शेयरमा आवेदन दिई सक्नु पर्ने छ । ।  

 

कम्पनीले आयोजना प्रभावित जनताको लागि ४ लाख कित्ता शेयर सार्वजनिक गरेको थियो । यो संख्या कुल पूँजीको १० प्रतिशत हो । सर्वसाधारणलाई २० प्रतिशत अर्थात् आठ करोड रुपैयाँ बराबरको आठ लाख कित्ता सेयर बिक्री गरिरहेको छ । 

 

कम्पनीको कुल सेयरको २ प्रतिशत सेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत सेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ भने बाँकी ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारण लगानीकर्ताहरुले आवेदन दिन सक्नेछन्।  

 

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले गरेको छ । 

 

कम्पनीले निष्कासन गर्न लागेको साधारण सेयरलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । ग्रेड ४ रेटिङले उक्त कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको देखाउँछ ।

 

यो कम्पनीको शेयरमा समेत अत्याधिक आवेदन पर्ने निश्चित छ त्यसैले यो शेयरमा पनि केवल १० कित्ता आवेदन दिए पुग्ने देखिन्छन् । 

प्रतिक्रिया