उत्कृष्ट शब्द संयोजन रहेको सञ्चाकर्मी अखेलीको भजन ‘पिर नभाको को छ र’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । सञ्चार क्षेत्रका साथै गायनमा पनि सक्रिय सञ्चारकर्मी कृष्ण अखेलीको नयाँ भजन पिर नभाको को छ र सार्वजनिक भएको छ।

उत्कृष्ट शब्द संयोजन र सुमधुर लय रहेको यस गीतमा कृष्ण अखेली र सुनिता बुढा क्षेत्रीको स्वर रहेको छ। चर्चित सर्जक शिव अखेलीले गीतका शब्द तथा लय सिर्जना गरेका छन्।

गीतको अडियो तथा भिडियो निर्माण युनिटले उत्कृष्ट प्रस्तुतिका साथ तयार पारेको छ। सार्वजनिक भएको छोटो समयमा नै गीतले श्रोता-दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको निर्माण टिमले आर्थिक सन्देशलाई जानकारी दिएको छ।

गीतको म्युजिक भिडियो तारानाथ आचार्यले निर्देशन गरेका छन् भने संगीत संयोजन पनि उनकै रहेको छ।

 

प्रतिक्रिया