काठमाडौं — काठमाडौं महानगरपालिकाले पठाएको जरिवाना पत्र पूर्वराजा ज्ञानेन्द्र शाहले लिन अस्वीकार गरेका छन्। आइतबार बिहान महानगरको टोली निर्मल निवास पुगेको थियो, तर त्यहाँका सुरक्षा अधिकारीहरूले पूर्वराजाले पत्र नबुझ्ने बताएपछि टोली फर्किएको हो।
महानगरपालिकाले पूर्वराजालाई तीनकुने क्षेत्रमा भएको क्षतिको आधारमा विभिन्न शीर्षकमा ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको छ। फोहोरमैला व्यवस्थापन, बोटबिरुवा तथा रेलिङमा भएको क्षति, वारुणयन्त्रमा परेको असरलगायत विषयमा जरिवाना निर्धारण गरिएको महानगर स्रोतले जनाएको छ।