काठमाण्डौ । नेपालीहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर कलाकारहरूले तीज गीतहरू सार्वजनिक गरिरहेका छन ।
यसैबीच युवा गायक तथा सर्जक अमित बाबु रोकायको नयाँ तीज गीत लै लै बरि लै बोलको नयाँ गीत भर्खर मात्र सार्वजनिक भएको छ । यो गीतले पनि माया प्रेमलाई विषय बनाएको छ । गीतमा भद्र नकाल र हिमाल खड्काले शब्द सिर्जना गरेका छन । पुजा देवकोटा,अमित बाबु रोकाय,हिमाल खड्का र ललित खड्काले गीतमा आवाज दिएका छन ।
यता म्युजिक भिडियो काजिश श्रेष्ठले निर्देशन गरेका छन भने करिश्मा ढकाल र हिमाल खड्काको अभिनय रहेको छ ।