काठमाण्डौ - तीजमा सबैभन्दा धेरै गीत निकालेर चर्चामा आईरहने लोकप्रिय गायक पशुपति शर्माको यो पटकको पहिलो तीज गीत सार्वजनिक भएको छ ।
पशुपति शर्माले आफ्नो हो पटकको पहिलो गीतमा सम्झना भण्डारीसँग सहकार्य गरेका छन् ।
माया प्रेमलाई विषय बनाई तयार पारिएको सो गीत सार्वजनिक भएको छोटो समयमानै निकै चर्चित बनेको छ ।
गीतलाई पशुपति शर्मा आफैले लय तथा शब्द सिर्जना गरेका छन् भने भिडियो सम्झना र पशुपति स्वयमलाई देख्न सकिन्छ ।
पशुपति शर्मा युट्युब च्यानलबाट सार्वजनिक गरिएको सो गीतमा दुर्गा पौडेलको निर्देशन रहेको छ ।