बैंकमा थुप्रियो लगानी योग्य रकम, सिडी रेसियो कति ?

काठमाडौं - नेपालका बैंकिङ्ग क्षेत्रमा तरलता थपिँदै गएको देखिएको छ । पछिल्लो नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार ६० खर्ब रुपैयाँ निक्षेप पुगेको ले देखाएको छ । 

यो समयमा वाणिज्य बैंकहरुसँग मात्रै ५३ खर्ब १३ अर्ब रुपैयाँ निक्षेप रहँदा अन्य बैंक तथा वित्तीय संस्थासँग ६ खर्ब ९१ अर्ब रुपैयाँ निक्षेप रहेको केन्द्रीय बैंकले जनाएको छ । बिहीबारसम्म बैंक तथा वित्तीय संस्थाले समग्रमा ४९ खर्ब ९२ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । जसमध्ये वाणिज्य बैंकहरुले मात्रै ४४ खर्ब १७ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

सीडी रेसियो पनि घट्दै गएको छ । बिहीबारसम्म सीडी रेसियो ८०.३६ प्रतिशत रहेको छ । अन्तरबैंक ब्याजदर २.६२ प्रतिशत

छ । 

प्रतिक्रिया