नेपालका बीमा कम्पनीहरूको नाफा पछिल्लो आर्थिक वर्ष ०८१/८२ मा उल्लेखनीय रूपमा घटेको छ। जीवन बीमा कम्पनीहरूको नाफा १६ प्रतिशतले र निर्जीवन बीमा कम्पनीहरूको नाफा २९ प्रतिशतले घटेको तथ्यांक सार्वजनिक भएको हो।
जीवन बीमा कम्पनीहरूले ६ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरूले ४ अर्ब रुपैयाँजति मात्र नाफा कमाएका छन्। अघिल्लो वर्षको तुलनामा १५ कम्पनीको नाफा घट्दा १३ कम्पनीको नाफा बढेको छ।
जीवन बीमा कम्पनीहरूको नाफा घट्नुको प्रमुख कारण बैंकले मुद्दती निक्षेपमा दिने ब्याजदर घट्नु हो। बीमा कम्पनीहरूले आफ्नो लगानीको करिब ७० प्रतिशत मुद्दती निक्षेपमै राख्ने हुँदा ब्याज आम्दानी नै उनीहरूको मुख्य स्रोत मानिन्छ। ब्याजदर घटेपछि आम्दानीमा प्रत्यक्ष असर परेको हो।
त्यस्तै, निर्जीवन बीमा कम्पनीहरूको नाफा घट्नुमा ब्याजदर कम हुनुका साथै बाढीपहिरोबाट भएको ठूलो क्षतिपूर्ति दाबी पनि प्रमुख कारण बनेको छ। असार महिनामा मात्रै दुई ठूला बाढीपहिरोका कारण करिब १४ अर्ब रुपैयाँ बराबरको दाबी दर्ता भएको थियो, जसले नाफा घटाएको हो।
बीमा क्षेत्रका विज्ञहरूले नाफा घट्नु अस्वाभाविक नभएको बताउँदै दीर्घकालीन लगानी मोडेलमा ध्यान दिनुपर्ने सुझाव दिएका छन्।
क्र=सं= |
कम्पनीको नाम |
नाफा -रुपैयाँ_ |
|---|---|---|
१ |
नेपाल लाइफ इन्स्योरेन्स |
६० करोड ३२ लाख ६३ हजार |
२ |
आइएमई लाइफ इन्स्योरेन्स |
५८ करोड ३३ लाख |
३ |
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स |
५७ करोड १ लाख ९५ हजार |
४ |
हिमालयन लाइफ इन्स्योरेन्स |
५४ करोड ६९ लाख |
५ |
सन नेपाल लाइफ इन्स्योरेन्स |
५४ करोड २४ लाख |
६ |
मेट लाइफ इन्स्योरेन्स |
४९ करोड २४ लाख |
७ |
सिटिजन लाइफ इन्स्योरेन्स |
४२ करोड ५० लाख |
८ |
नेसनल लाइफ इन्स्योरेन्स |
४१ करोड २८ लाख |
९ |
एसियन लाइफ इन्स्योरेन्स |
४० करोड ९३ लाख |
१० |
सानिमा लाइफ इन्स्योरेन्स |
३७ करोड ७४ लाख |
११ |
प्रभु महालक्ष्मी लाइफ |
३७ करोड ७ लाख |
१२ |
सूर्यज्योति लाइफ |
३५ करोड २ लाख |
१३ |
एलआइसी नेपाल |
३१ करोड ५८ लाख |
१४ |
राष्ट्रिय जीवन बिमा कम्पनी |
२ करोड ८ लाख |
क्र=सं= |
कम्पनीको नाम |
नाफा -रुपैयाँ_ |
|---|---|---|
१ |
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स |
७१ करोड ३१ लाख ८० हजार |
२ |
नेको इन्स्योरेन्स |
५५ करोड ८ लाख २६ हजार |
३ |
हिमालयन एभरेस्ट इन्स्योरेन्स |
५३ करोड २३ लाख ३५ हजार |
४ |
शिखर इन्स्योरेन्स |
४५ करोड २७ लाख |
५ |
राष्ट्रिय बिमा कम्पनी |
४२ करोड ७६ लाख |
६ |
सगरमाथा लुम्बिनी इन्स्योरेन्स |
४० करोड ३२ लाख |
७ |
आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स |
३६ करोड ४९ लाख |
८ |
सानिमा जिआइसी इन्स्योरेन्स |
३५ करोड ३ लाख |
९ |
नेपाल इन्स्योरेन्स |
३१ करोड ६४ लाख |
१० |
युनाइटेड अजोड इन्स्योरेन्स |
२१ करोड ६४ लाख |
११ |
प्रभु इन्स्योरेन्स |
२१ करोड १९ लाख |
१२ |
एनएलजी इन्स्योरेन्स |
१६ करोड ११ लाख |
१३ |
दी ओरियन्टल इन्स्योरेन्स |
८ करोड २९ लाख |
१४ |
नेसनल इन्स्योरेन्स |
घाटा ६२ करोड ३९ लाख १२ हजार |