साताको पहिलो दिन महँगियो सुनको मूल्य, तोलामा कति

काठमाडौंं - नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा २ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबारको दिन भने छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ६ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार १ सय रुपैयाँ कायम गरिएको थियो ।

त्यस्तै, शुक्रबार प्रतितोला १ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको चाँदी आइतबार भने तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया