निरन्तर ओरालो लाग्दै नेप्से

काठमाण्डौं -  आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २३.५२ अकंले घटेर १८९३.७० बिन्दुमा बन्द भएको छ । बुधबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३९.१५ अकंले घटेर १९१७.२२ बिन्दुमा बन्द भएको थियो ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२६ कम्पनीको ३१ लाख १४ हजार ६८९ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ११ करोड ९४ लाख ६१ हजार ४११ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिने भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२३ कम्पनीको २६ लाख ९७ हजार ७२३ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ४० करोड ७३ लाख ९५ हजार ४३६ रुपैयाँको कारोबार भएको थियो ।

नेप्से ओरालो लागेसँगै आज १३ वटै उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.६८ प्रतिशत, विकास बैंक समूहको १.४२ प्रतिशत, फाइनान्स समूहको २.४६ प्रतिशत, जीवन बीमा समूहको ०.७८ र निर्जीवन बीमा समूहको १.१६ प्रतिशतले शेयर मूल्य घटेको हो ।

आज मन्दीकिनी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । कम्पनीको शेयर आज ३.९२ प्रतिशतले बढेको हो । बिहिबार अपर हेवाखोला हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । कम्पनीको शेयर ६.९१ प्रतिशतले घटेको हो ।

प्रतिक्रिया