नेप्से सामान्य उकालो, कारोबार रकममा लगातार गिरावट

मंगलबार नेप्से परिसूचक सामान्य वृद्धिसहित २.५३ अंकले बढेर २,६७७.३० विन्दुमा पुग्दै बजार सकारात्मक तर सुस्त अवस्थामा बन्द भएको छ। यस दिन सेन्सेटिभ इन्डेक्स पनि १.२५ अंकले, फ्लोट इन्डेक्स ०.११ अंकले, र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.४५ अंकले वृद्धि भएको छ।

तर, पछिल्ला दिनहरूमा लगातार घट्दै आएको कारोबार रकम मंगलबार पनि घटेर ६ अर्ब ५२ करोड २७ लाख रुपैयाँमा सीमित भएको छ। तुलना गर्दा, सोमबार र आइतबार दुबै दिन कारोबार ७ अर्ब ६० करोड ९५ लाख रुपैयाँभन्दा बढीको थियो।

कारोबारमा आएका कम्पनीहरूमध्ये ५ कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा पुगेको छ। ती कम्पनीहरू हुन्: कर्पोरेट डेभलपमेन्ट बैंक, ओम मेगाश्री फर्मास्यूटिकल्स, ग्रिन डेभलपमेन्ट बैंक, भूगोल इनर्जी डेभलपमेन्ट, र पियोर इनर्जी।

यता, गुँरास लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक घट्दै ७.०९ प्रतिशतले घटेको छ। उपकार लघुवित्तको मूल्य पनि ४.७९ प्रतिशतले घटेको छ।

कारोबार रकमको आधारमा यूनिभर्सल पावर कम्पनी अग्रस्थानमा रह्यो, जसको ६३ करोड ५८ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। त्यसपछि राधी विद्युत कम्पनीको कारोबार ४७ करोड ३६ लाख रुपैयाँभन्दा बढीमा भएको छ।

१३ वटा उपसमूहहरूमध्ये ७ उपसमूहको परिसूचकमा वृद्धि भएको छ भने ६ उपसमूह घटेका छन्। विकास बैंक समूह १.७६ प्रतिशतले बढ्दै सबैभन्दा बढी उकालो लागेको उपसमूह हो। त्यस्तै बैंकिङ, होटल तथा पर्यटन, जलविद्युत, उत्पादन तथा प्रशोधन, म्युचुअल फन्ड, र व्यापार समूह पनि उकालो लागेका छन्। यता, माईक्रोफाइनान्स, फाइनान्स, लगानी, जीवन बीमा, निर्जीवन बीमा, र अन्य समूहमा गिरावट आएको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय