‘हरहर महादेव’पछि राजन कार्कीको ‘आज त साइँली’ सार्वजनिक

काठमाडौं । तीज पर्व नजिकिँदै जाँदा तीज गीत सार्वजनिक हुने क्रम तीव्र बन्दै गएको छ। यसै क्रममा गायक राजन कार्कीको नयाँ तीज गीत ‘आज त साइँली’ सार्वजनिक गरिएको छ। अघिल्लो वर्ष ‘हरहर महादेव’ बोलको गीतबाट राम्रो सफलता पाएको यसै टिमले यसपटक पनि नयाँ सिर्जना लिएर दर्शकमाझ उपस्थित भएको हो।

राजन कार्कीको शब्द तथा लय रहेको गीतमा राजन कार्की, सरस्वती लामिछाने, जीवन दाहाललगायतका कलाकारहरूले स्वर दिएका छन्। गीतको अडियो र भिडियो पक्ष सशक्त बनेको बताइएको छ र सामाजिक सञ्जालहरूमा पनि यसले राम्रो चर्चा पाइरहेको छ।

गीतमा याम थापा मगरको संगीत संयोजन रहेको छ भने भिडियोको निर्देशन रामजी लामिछानेले गरेका छन्। म्युजिक भिडियोमा सुधिर श्रेष्ठ र अस्मिता रनपालको अभिनय देख्न सकिन्छ।

 

प्रतिक्रिया