एभरेष्ट बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र बिक्री खुला

काठमाडौं । एभरेष्ट बैंकले आज फागुन १८ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको छ। बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ३० लाख इकाई ऋणपत्र जारी गरेको हो, जसमा १८ लाख इकाई अन्य संघसंस्थालाई बैंकले आफ्नै पहलमा बिक्री गर्नेछ।

बाँकी १२ लाख इकाई सर्वसाधारणका लागि उपलब्ध हुनेछ, जसबाट ६० हजार कित्ता सामुहिक लगानी कोषका लागि छुट्याइएको छ। बैंकले ‘एभरेष्ट बैंक डिबेन्चर २०९१’ नामक १० वर्षे अवधिको ऋणपत्र जारी गरेको हो, जसमा वार्षिक ७.५० प्रतिशत ब्याजदर प्रदान गरिनेछ।

यस ऋणपत्रको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ। इच्छुक लगानीकर्ताले फागुन २१ गतेसम्म आवेदन दिन सक्नेछन्। यदि तोकिएको अवधिसम्म सबै ऋणपत्र बिक्री नभएमा चैत ३ गतेसम्म आवेदन खुला रहनेछ। यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम १२ लाख इकाईसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले सी-आस्वा सदस्य बैंक, वित्तीय संस्था तथा मेरो सेयर सफ्टवेयरमार्फत अनलाइन आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया