बैंकहरूमा नगद घट्न थाल्यो,सीडी रेसियो कति ? 

काठमाण्डौ – असार महिनामा सहज जस्तो देखिएको तरलतामा पछिल्ला दिनहरुमा भने विस्तारै बढ्दै गइरहेका छ । 

विगत केही महिनादेखि बैंकको यो सूचक ९० भन्दा माथि थियो । ९० यस्तो विन्दु हो जुन विन्दु भन्दा धेरै बैंकले लगानी गर्न सक्दैनन् । अर्थात सीडी रेडियो ९० भन्दा माथि जानु हुँदैन । 

नेपाल राष्ट्र बैंकले पछिल्लो पटक सार्वजनिक गरेको विवरण अनुसार बचत तथा लगानी अनुपात ८८।२३ प्रतिशत छ भने त्यो भन्दा अगाडि ८८।१८ प्रतिशत थियो । 

यो अवधिमा बैंकहरूले ४ अर्ब बचत गुमाएका छन भने लगानी पनि १ अर्बले घटेको छ । 

तरलताको शेयर बजारमा कस्तो प्रभाव ?
पछिल्लो समय तरलता समस्याको प्रत्यक्ष असर शेयर बजारमा परेको बुझाई धेरैको छ । बैंकमा लगानी योग्य पैसा नहुँदा कर्जा प्रभाव हुन सकेको थिएन । जसले गर्दा शेयर धितो कर्जा पनि घटिरहेको थियो । 

तरलता सहज भएसँगै शेयर बजारमा पनि सकारात्मक प्रभाव पार्ने धेरैको बुझाइ छ । गत वर्षको मौद्रिक नीतिबाट राष्ट बैंकले शेयर धितो कर्जामा कडाइ गरेसँगै शेयर बजार ओरालो लागेको छ । 

प्रतिक्रिया