• गृहपृष्ठ /
  • मुख्य खबर ,
  • Breaking News ,
  • समाचार ,
  • पूर्वाधार/यातायात

ओली सरकारले जाँदाजाँदै गाडी भाडा बढाएको खुलासा

काठमाण्डौ - सरकारले लामो दुरीमा चल्ने सवारीको भाडादर बढाएको छ ।

राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाका अनुसार सरकारले २० देखि २८ प्रतिशतसम्म भाडा बढाएको हो । ​

पेट्रोलियम पदार्थ र गाडीका पार्ट पूर्जाको मूल्यवृद्धिलाई मूख्य आधार बनाएर तीन क्याटागोरीमा भाडा बढाइएको हो ।

निवर्तमान भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्बाङको मन्त्रीस्तरीय निर्णयबाट अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातको भाडादर कायम गरिएको छ ।

जसमा सरकारले यात्रुवाहक सवारीमा २८ प्रतिशत,पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २६ प्रतिशतसम्म भाडा वृद्धि गरिएको छ ।

प्रतिक्रिया